यु–१५ विद्यालय खेलकुद प्रतियोगिता: मापसे गरेका बास्केटबल संयोजकलाई मैदान प्रवेशमा रोक

पाेखरा | जेठ ३०, २०८१

यु–१५ विद्यालय खेलकुद प्रतियोगिता: मापसे गरेका बास्केटबल संयोजकलाई मैदान प्रवेशमा रोक

पोखरा:   पोखरा रङ्गशालामा आज (बुधबार) बाट सुरु भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा  मापसे (मादक पदार्थ सेवन) गरेर कोर्टमा पुगेपछि बास्केटबल खेलका संयोजकलाई  मैदान प्रवेशमा रोक लगाएको छ ।
 

मापेस गरेको प्रमाणित भएसँगै नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्कालाई उनलाई बाहिर पठाइएको हो ।

 

खड्काले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै निहुँ खोजेपछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय विवाद भएको थियो ।

 

त्यही विवादकै कारण बिहान ७ बजे हुने भनिएको खेल करिब साढे ३ घण्टा पछि धकलिएको थियो ।

 

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेलमा छात्र र छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

 

उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि भिड्नेछन् ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्